दमक, २५ मंसिर–झापाको दमक नगरपालिका वडा नं ७ को नमुना वस्तीमा बसोबास गर्ने र सोही वडाभित्र बसोबास गर्ने अत्यन्तै विपन्न घर परिवारहरुलाई चिसो मौसममा न्यानो कपडा (सिरक–कम्बल) वितरण गरिएको छ ।
नेपाल क्रिश्चयन फेल्लोसिप (एन.सि.एफ) र लिडरसिप टे«निङ डेभलमेन्ट (एल.टी.डि) को सहकार्यमा दमक नगर इसाई समाजले एक कार्यक्रमबीच नमुना वस्ती र सोही वस्तीका आसपासमा बसोबास गर्ने विपन्न बर्गका ४५ घर–परिवारलाई सिरक कम्बल वितरण गरेको हो ।
दमक–७ पशुहाटस्थित वडा कार्यालयमा बिहिबार बिहान एक कार्यक्रमको आयोजना गरेर सो सामाग्रीहरु वितरण गरिएको हो । दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईका अनृुसार दमक नगरपालिका वडा नं ७ का अध्यक्ष भीम पौडेलको उपस्थितिमा सो सामाग्रीहरु वितरण गरिएको हो ।
सो सामाग्रीहरु वितरण कार्यक्रममा एल.टी.डी नेपाल इटहरीका संयोजक मदन थुलुङ राई, वडा नं ७ का सचिव टीकाराम दाहाल, दमक नगर इसाई समाजका सल्लाहकार सदस्य एबम् पाष्टर राजकुमार राईको उपस्थिति रहेको थियो ।
समाजका अध्यक्ष एबम् पाष्टर थुलुङले चिसो मौसममा न्यानो कपडाको अभावले समस्याग्रस्त जीवन बिताइरहेका ४५ घर परिवारलाई कम्बल वितरण गरिएको बताउनुभयो । थुलुङले दमक नगर इसाई समाजद्धारा यसअघि दमक लगायत प्रदेश १ को विभिन्न जिल्लाहरुमा आर्थिक अवस्था कमजोर भएर उपचारबाट बञ्चित पीडित परिवारलाई र बाढी पीडित, भुकम्प पीडित र आगलागीबाट पीडित परिवारलाई सहयोग सामाग्रीहरु उपलब्ध गराउदै आइरहेको बताउनुभयो ।
सो कार्यक्रममा वडा अध्यक्ष पौडेलले कोभिडबाट सवै मान्छेहरु पीडित हुनुपरेको र यस संक्रमणबाट सुकुमवासी घर परिवारहरु अझै धेरै पीडित बनिरहेको भन्दै चिसो मौसममा न्यानो कपडा प्रदान गर्नुहुने दमक नगर इसाई समाज परिवार लगायत अन्य संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

