काठमाडौं, ४ पुस–नेकपाभित्र चुलिँदै गएको अन्तर्संघर्षमा अध्यक्ष प्रचण्ड र नेपाल समूहमा रहेका उपाध्यक्ष वामदेव गौतमले समूह भेला भने बहिष्कार गरेका छन् । उनले प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत आफू कुनै पनि गुट भेलामा सहभागी नहुने प्रस्ट्याएका छन् ।
शुक्रबार प्रचण्ड–नेपाल समूहको भेलामा अनुपस्थित गौतमले भनेका छन्, ‘म कुनै पनि भेलामा जान्नँ, पाँच नेताको बैठकमा भने म जान्छु । अहिले भेला गर्ने वेला होइन । बैठकबाट सबै समस्याको हल खोज्ने समय हो ।’
गत २५ मंसिरमा प्रचण्ड–नेपाल समूहकै बागमती प्रदेशअन्तर्गतका जिल्ला पदाधिकारीको भेलामा पनि गौतम सहभागी भएका थिएनन् ।
काठमाडौं, ४ पुस–नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीको पछिल्लो निर्णयअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नलिए पार्टीले ‘एक्सन’ लिने बताएका छन् ।
