धरमपुर (पाराबारी), ४ पौष–झापा क्षेत्र नं ४ (क) का प्रदेशसभा सदस्य सांसद झलकसिंह दर्लामी मगरले शिबसताक्षी–३ पाराबारीमा आधारभूत स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेस कमिटि सदस्य समेत रहनुभएको सांसद दर्लामीले नागरिकको आधारभूत स्वास्थ्य सेवामा सरकारले नीति तथा कार्यक्रमका साथमा योजनाहरु बनाएर अघि बढिरहेको बताउनुभयो ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त भएको रु ३८ लाखको लागतमा वडा स्तरीय स्वास्थ्य चौकी निर्माण हुने भएको हो । सांसद दर्लामीका स्वकीय सचिव एबम् नेकपा शिबसताक्षी नगरका सचिवालय सदस्य दुर्गा नेम्बाङका अनुसार आज शिलान्यास भएको आधारभूत स्वास्थ्य चौकीको भवन फागुनसम्मा सम्पन्न हुने छ ।

पाराबारीस्थित बयोबृद्ध लायन बहादुर राईले प्रदान गर्नुभएको ३ कठ्ठा जमिनमा आधारभूत स्वास्थ्य चौकी निर्माण हुने शिलान्यास कार्यक्रममा बताइयो । आगामी फागुन महिनासम्मा निर्माण कार्य सम्पन्न हुने स्वास्थ्य चौकीबाट शिबसताक्षी–३ का स्थानीवासीले सेवा पाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटि ३ का सचिव राजु लिम्बूले बताए ।

वडा अध्यक्ष पुष्यप्रसाद सापकोटाको अध्यक्षतामा शिलान्यास कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा शिबसताक्षीका सचिव धनबहादुर थेबे, नगर कार्यालय सदस्य एबम् सतासी साप्ताहिक पत्रिकाका प्रधान सम्पादक प्रेम याम्फु राई, सचिवालय सदस्य दुर्गा नेम्बाङ, दिपेश राई, वडा न ३ का सहइच्चार्च बलिराम तामाङ, वडा कमिटि सचिव राजु लिम्बू, वडा नं १ का सचिव नेत्र नेम्बाङ लगायतका नगर प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *