काठमाडौं, ५ पौष–स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सीयासँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले बराबरी खेल्दै अंक बाडेको हो ।
खेलमा भ्यालेन्सीयाका लागि मोकार्ट डाखेच्बेले खेलको २९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।
पहिलो हाफको इन्ज्यूरी समयमा बार्सिलोनाका लागि मेस्सीले बराबरी गोल फर्काए । ५२ औं मिनेटमा रोनाल्डले गोल गर्दै बार्सिलोनाको अग्रता २–१ गोलको बनाए । ६९ औं मिनेटमा गोमेज गोन्जालेजले गोल गर्दै भ्यालेन्सीयालाई हारबाट जोगाउन सफल भए ।
बराबरीसँगै बार्सिलोनाले १३ खेलबाट २१ अंक जोडेको छ । बार्सिलोना लिगको पाँचौ स्थानमा छ ।
यता भ्यालेन्सीयाले लिगमा १४ खेलबाट १५ अंक जोडेको छ । भ्यालेन्सीया अंक तालिकाको १२ औं स्थानमा रहेको छ ।
