विराटनगर, ५ पौष–विराटनगर १४ मा भएको आगलागीमा परी १४ वर्षीय किशोरको मृत्यु भएको छ । घटनामा परिवारका अन्य दुईजना घाइते भएका छन् ।

शनिबार मध्यरातमा आगो ताप्‍न बालेको घुरको आगो घरमा सल्कँदा घटना भएको प्रहरीले जनाएको छ । घटनमा परी स्थानीय राजेशकुमार दासका १४ वर्षीय छोराको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा दासकी श्रीमती र अर्का छोरा पनि घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय विराटनगर रानीका अनुसार सुतिरहेको अवस्थामा घरमा आगो फैलँदा किशोरको म‌ृत्यु भएको हो । घाइते दुवैजनाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *