काठमाडौं, ५ पौष–इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत् आइतबार टोटेनहमले लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

अंकतालिकाको तेस्रो स्थानमा रहेको टोटेनहमले चौथो स्थानमा रहेको लेस्टरसँग खेल्न लागेको हो ।

टोटेनहमको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राति ८ बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै टोटेनहम शीर्ष दुईमा उक्लने योजनामा छ । लिगमा १३ खेल खेलेको टोटेनहम २५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

दोस्रो स्थानमा रहेको एभर्टनको २६ अंक छ । समान खेल खेलेको लेस्टर २४ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ ।

आजको खेल जित्दै लेस्टर पनि दोस्रो स्थानमा पुग्ने दाउमा छ । दुवै टोलीका लागि यो खेल अंकतालिकामा मजबुत बन्न महत्वपूर्ण रहनेछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *