काठमाडौं, ५ पुस–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थायी कमिटीको रिक्त स्थानमा पूर्व सभामुख कृष्णबहादुर महरालाई लैजाने निर्णय गरेको छ ।

आज (आइतबार) प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले पूर्व महरालाई स्थायी कमिटीमा लैजाने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

महरा नेकपाका पूर्व स्थायी कमिटी सदस्य हुन् । सभामुख निर्वाचनपछि उनको स्थान रिक्त राखिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *