काठमाडौं, ५ पौष–लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन्।

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले वर्ष खेलाडीको सूची सार्वजनीक गर्दा लेवान्डोस्की, मेस्सी र रोनाल्डोलाई अन्तिम तीन खेलाडीमा मनोनयन गरेको थियो।

पोल्याण्डका अन्तर्राष्ट्रिय फरवार्ड लेवान्डोस्कीले गत वर्ष ४७ खेलमा ५५ गोल गरेका थिए।

जर्मन क्लब बायर्न म्युनिखका खेलाडी उनले बुन्डेसलिगासहित च्याम्पियनसिप र घरेलु कपसमेत जिताएका थिए। तीनै प्रतियोगितामा लेवान्डोस्कीले सर्वाधिक गोल गरेका थिए।

३२ वर्षीय उनले आफ्नो उत्कृष्ट फर्मलाई कायम राखेका छन्। उनले बुन्डेसलिगामा गत बुधबार बायर्नलाई जित दिलाउन दुई गोल गरे।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *