काठमाडौं, १७ पुस–गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिक्रियावादीहरुको षड्यन्त्र र पार्टीभित्रका अवसरवादी महत्त्वाकाक्षांले नेकपा विभाजित भएको बताएका छन् । ललितपुर महानगर स्तरीय कार्यकर्ता भेलामा उनले बाह्‍य हस्तक्षपको कसरी सामना गर्ने भन्ने प्रश्न खडा भएको बताएका हुन् ।

‘नेकपा विभाजित भएको छ । एउटा हिस्सा अलग भएको छ । फेरि विकास र समृद्धिको यात्रा अवरुद्ध भएको छ । राजनीतिक अस्थिरता सिर्जना भएको छ । यहाँसम्म आइपुग्दा हामीले देखेका छौं । बाह्‍य हस्तक्षेप बढ्दै गएको छ । बाह्‍य हस्तक्षेपको सामना कसरी गर्ने भन्दै प्रश्न पैदा भएको छ,’ बाददले भने ।

उनले नेकपा विभाजित गर्न प्रतिगामी शक्तिहरुले तीनवटा रणानीति तयार पारेको बताए । ‘नेकपालाई कसरी विभाजित गर्ने रु उनीहरुले कम्युनिस्ट आन्दोलानलाई एकतबद्ध भएदेखि गरेको देखिन्छ । स्थिर सरकार पाएदेखि मुलुकमा कसरी अस्थिरता पैदा गर्ने रणनीति तयार पारेको देखिन्छ । प्रतिगमन र प्रतिक्रान्ति सफल पार्ने यी दुई साहयक रणीनित सुरुदेखि नै उनीहरुले अभ्यास गर्दै आएका छन्,’’ बादलको जिकिर छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *