काठमाडौं, १७ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजनको असर जनवर्गीय संगठनमा पर्न सुरु गरेको छ । विद्यार्थीहरुको संगठन अनेरास्ववियूमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले बेग्लै केन्द्रीय समिति बनाएसँगै जनवर्गीय संगठनमा पनि फरक फरक संगठन घोषणाको तयारी तिव्र छ ।

प्रचण्ड–माधव समूहले पार्टी विभाजन अगाडि कायम ४३७ सदस्यीय केन्द्रीय कमिटीका २९७ सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएर आफू आधिकारिक भएको दाबी प्रस्तुत गरेको छ। तर, बहुमत देखाउने प्रयासकै लागि ओली समूहले प्रचण्ड र माधव समूहका नेताहरुसहित समेटेर केन्द्रीय कमिटी संख्या ११९९ पुर्‍याएको छ ।

संसदीय दल र केन्द्रीय कमिटीमा अल्पमतमा रहेको ओली समूह जिल्ला नेतृत्वमा पनि अल्पमतमा परेका छन्। ७७ जिल्लाका १५४ जना अध्यक्ष र सचिवमध्ये ओली समूहमा ४३ जना मात्रै उभिएका छन् । बाँकी प्रचण्ड–नेपाल समूहमा छन् । पार्टीमासँगै जन संगठनमा पनि ओली समूह अल्पमतमा देखिएको छ ।

पार्टी विभाजनपछि जनसंगठन ६ जना संयोजक मात्रै ओली समूहमा उभिएका छन् । २२ मध्ये बाँकी जनसंगठनका संयोजक भने प्रचण्ड र माधव समूहमा उभिएका छन् ।

हेर्नुहोस् को–कता उभिए ?

१, अखिल नेपाल किसान महासंघ– वामदेव गौतम (तटस्थ), चित्रबहादुर श्रेष्ठ (प्रचण्ड–माधव)

२, अनेरास्ववियू– ऐन महर (ओली) , रन्जित तामाङ (प्रचण्ड–माधव)

३, राष्ट्रिय युवा संघ नेपाल – रामप्रसाद सापकोटा दीपशिखा (प्रचण्ड–माधव), रमेश पौडेल (ओली)

४, अखिल नेपाल महिला संघ– अमृता थापा (प्रचण्ड–माधव), सीता पौडेल (ओली)

५, ट्रेड युनयिन महासंघ – विनोद श्रेष्ठ (ओली), जगत सिम्खडा (प्रचण्ड–माधव)

६, पेसागत महासंघ– विश्वनाथ प्याकुरेल (प्रचण्ड–माधव), दयाराम बस्याल (प्रचण्ड–माधव)

७, प्रेस संगठन नेपाल – महेश्वर दाहाल (प्रचण्ड–माधव), गणेश बस्नेत (ओली)

८, खेलकुद महासंघ– पुरुषोत्तम पौडेल (प्रचण्ड–माधव), शिव कोइराला (प्रचण्ड–माधव)

९, जनसांस्कृतिक महासंघ नेपाल – खगेन्द्र राई (ओली), सरल सहयात्री (प्रचण्ड–माधव)

१०, नेपाल बुद्धिजीबी संगठन– डा दिनेशचन्द्र देवकोटा (प्रचण्ड–माधव), कृष्ण केसी (प्रचण्ड–माधव)

११, नेपाल मुस्लिम संगठन– सराज अहमद फारुखी (ओली), अतहर हुसेन (प्रचण्ड–माधव)

१२, नेपाल दलित मुक्ति संगठन– तिलक परियार (प्रचण्ड–माधव), बोमबहादुर विश्वकर्मा (ओली)

१३, भूतपूर्व सैनिक तथा प्रहरी संगठन– धनबहादुर चन्द (प्रचण्ड–माधव), ‘। (रिक्त)

१४ मानवअधिकार तथा सामाजिक अभियान– मीनबहादुर शाही (ओली) हुकुम पोखरेल (प्रचण्ड–माधव)

१५, अपाङ्गता संगठन नेपाल– इन्द्रमाया गुरुङ (प्रचण्ड–माधव), रामप्रसाद ढंगाना (ओली)

१६, कानुन– रुद्र नेपाल (प्रचण्ड–माधव), दीनमणि पोखरेल (प्रचण्ड–माधव)

१७, नेपाल उद्योग व्यवसायी महासंघ– लक्ष्मीदास मानन्धर (तटस्थ), श्याम पाठक (प्रचण्ड–माधव)

१८, निर्माण व्यवसायी– यज्ञध्वज कार्की (प्रचण्ड–माधव), शिव चौलागाईं (प्रचण्ड–माधव)

१९, आदिवासी जनजाति महासंघ– सुरेश आलेमगर (प्रचण्ड–माधव), शेरबहादुर तामाङ (प्रचण्ड–माधव)

२०, भुमिहीन सुकुम्वासी संगठन– रामप्रीत पासवान (प्रचण्ड–माधव), पदम देवकोटा (प्रचण्ड–माधव)

२१, इन्जिनियर– शम्भुबहादुर श्रेष्ठ (ओली), डा हरिराम पराजुली (प्रचण्ड–माधव)

२२, प्रवासी नेपाली एकता मञ्च भारत– लोकनाथ भण्डारी (प्रचण्ड–माधव), ईश्वरी भण्डारी (प्रचण्ड–माधव)

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *