काठमाडौं, १८ पुस–प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीविरुद्धको खेलमा म्यानचेस्टर सिटीका पहिलो रोजाईका पाँच खेलाडी उपलब्ध नहुने भएका छन् । प्रिमियर लिगमा पछिल्लो समय बलियो बन्दै गएको सिटीका लागि चेल्सीविरुद्धको खेल महत्वपूर्ण छ ।

कोरोना भाइरसका कारण चेल्सीविरुद्धको खेलमा सिटीका मुख्य ५ खेलाडी मैदान नउत्रने भएका हुन् । ग्राबियल जिसस र केली वाल्करसहित पाँच खेलाडीले चेल्सीविरुद्ध नखेल्ने गोलडटकमले जनाएको छ ।

कोरोना पोजेटिभ देखिएपछि उनीहरु सेल्फ आइसोलेसनमा बसेको बताइएको छ । प्रिमियर लिग अन्तर्गत सिटीले जनवरी ३ मा चेल्सीसँग खेल्नेछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *