काठमाडौं, १८ पुस–राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन् । ५८ जनाको बन्द प्रशिक्षण टोलीबाट १४ बाहिरिएका हुन् ।
अखिल नेपाल फुटबल सङ्घ९ एन्फा०ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट गरेको थियो । १४ जना बाहिरिएपछि ४४ खेलाडी प्रशिक्षणका लागि छनोट भएका छन् ।
राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले एक महिनाको प्रशिक्षणपछि ४४ खेलाडीको छनोट गरिएको जानकारी दिए ।
बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विमल घर्तिमगर, राजिव लोप्चन, विमल राना, सुमन अर्याल, अमित तामाङ, देव लिम्बू, रन्दिप पौडेल, दिपेश आले मगर, जय गुरुङ, नितिन थापा, रजत तिवारी, राजेश परियार, प्रिजन तामाङ र रेजिन सुब्बा रहेका छन् ।
लामो समय मैदान बाहिर रहेर टोलीमा स्थान बनाएका घर्तीमगर चोटका कारण बाहिरिएका हुन् उनी उपचारका लागि कतार जाने तयारीमा रहको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।
विश्वकप छनोट खेलका लागि एन्फाले खेलाडीलाई सातदोबाटोस्थित प्रशिक्षण केन्द्रमा बन्द प्रशिक्षणको व्यवस्था गरेको छ ।
कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली अभ्यासमा जुटेको हो । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।
