एजेन्सी (काठमाडौं), १८ पुस–अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड एक लाख २ हजार ५६७ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

अमेरिकामा हालसम्म ३ लाख ४७ हजार ५१७ संक्रमितको मृत्यु भइसकेको छ । अमेरिकामा एक करोड संक्रमित पुग्न २९२ दिन लागेको थियो भने जम्मा ५४ दिनमै एक करोड थपिएको हो ।

डिसेम्बरमा हालसम्मकै सर्वाधिक मृत्यु भएको बताइएको छ । उक्त महिनामा ७७ हजार ५ सय जनाको मृत्यु भएको तथ्याङ्क छ ।

अमेरिकामा हाल एक लाख २५ हजार ३७० कोरोनाका बिरामी अस्पतालमा उपचार गराइरहेका छन् । क्यालिफोर्निया राज्यका साथै लस एन्जलस काउन्टीमा संक्रमण दर बढ्दो रहेको बताइएको छ । केही साता यता यहाँ संक्रमण, मृत्यु तथा अस्पताल भर्ना हुने दर बढेको छ ।

यस्तै, जर्जियामा पनि मध्य नोभेम्बरयता अस्पताल भर्ना दर दोब्बर भएको बताइएको छ । एजेन्सी

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *