दमक,१८ पुस–झापाको दमकमा रहेको एड्भान्स मल्टिस्पेसियलिटी हस्पिटलको अध्यक्षमा पुनः माधव पराजुली चुनिएका छन् । दमक ६ मा रहेको सो अस्पतालको सभाहलमा आज सम्पन्न ५ औँ वार्षिक साधारणसभाले पुनः पराजुलीको अध्यक्षतामा ९ सदस्यीय अस्पताल सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कृष्ण तिम्सिना, सचिवमा परशुराम खरेल रहेका छन् भने सदस्यहरूमा डा अनिल थापा, दीपक खरेल, डा केपी सुबेदी, ऐश्वर्या तिम्सिना, भूपालराज कटुवाल र नारायण केसी रहेको अस्पताल प्रशासक चैतन्य बरालले जानकारी दिए ।

यस्तै, साधारण सभाले अस्पतालको नयाँ भवन बनाउने तथा थप सेवा सुविधा बिस्तार गर्दै लैजाने निर्णय पारित गरेको सदस्य दीपक खरेलले जानकारी दिए । त्यस अवसरमा नवनिर्वाचित अध्यक्ष पराजुलीले अस्पतालमा थप सेवा सुविधा बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् ।

साधारण सभाले पारित गरेका योजनाहरू अंक्षरस पालना गराउन आफू दत्तचित्त भएर लाग्ने अध्यक्ष पराजुलीको भनाइ छ । अस्पतालले यस क्षेत्रका सेवाग्राहीहरूलाई समयानुकूल सेवाहरू पुरयाँउन सदैव प्रतिवद्ध रहने उनले वताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *