बिर्तामोड १८ पुस–नेकपा प्रचण्ड नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीका कारण नेकपा र संविधान गहिरो संटकमा परेको बताएका छन् ।
झापाको बिर्तामोडमा आयोजित सभामा पार्टी स्थायी समिति सदस्य रहेका नेता भट्टराईले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले जनताप्रति घात गरेको बताए । उनले पार्टी र आन्दोलन पुनः एकतावद्ध हुने विश्वास व्यक्त गरे । नेता भट्टराईले सबैलाई सम्यमित हुन आग्रह गरे ।
नेता भट्टराई प्रधानमन्त्री ओलीले जनताको बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, जनता र पार्टीप्रति विश्वासघात गरेको आरोप लगाए । उनले संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटन गरिएको बताए । उनले भने, प्रधानमन्त्री ओलीका गलत कार्य बारेमा नागरिकलाई बुझाउन पर्दछ ।
नेता भट्टराईले प्रतिगामी विचार जुनसुकै पार्टीमा पनि विकास हुन सक्ने बताए । उनले केपी ओलीको विचार कार्य प्रतिगामी भएको बताए ।
