काठमाडौं, १८ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुन स्थापना नहुने ठोकुवा गरेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकै बेला प्रधानमन्त्री ओलीले पुन स्थापना हुदै नहुने जिकिर गरेका हुन् ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौँ जिल्लाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहले कार्यकर्ता झुक्याउनलाई मात्रै प्रतिनिधि सभा पुनःस्थापना हुने बताएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले ठोकुवाको साथ कार्यकर्ताहरुलाई संसद पुन स्थापना नहुने बताएका हुन् । उनले ठोकुवाको साथ भने, ‘प्रतिनिधिसभा पुनस्र्थापना हुने कुरा कहाँबाट आयो रु कसले भन्यो पुनस्र्थापना हुन्छ भनेर रु पुनस्र्थापना हुँदैन । उहाँहरूले कार्यकर्ता झुक्याउन उहाँहरू भन्नुभएको होला ।’

मान्छेलाई भड्काउनलाई आफूलाई स्थापित हुँ भन्ने मिडियाहरुले नै झुटा समाचारहरु फ्रन्टपेजमा छापेको उनको आरोप छ । प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको कारण कसैले पनि पुन स्थापना गर्न नसक्ने दाबी गरे ।

‘प्रचण्ड–नेपाल खिया लागेको नटबल्टु’
प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल विरुद्ध तिव्र आक्रोश समेत पोखे । उनले प्रचण्ड–नेपाल आफैं फुक्लिएको नटबोल्ट भएको उनले बताए । भने, ‘हामीले फेरेको पनि होइन, आफैं फुक्लिए नटबोल्ट । खिया लागेको दुइटा नटबोल्ट के खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि गयो ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव नेपाल पक्षको हालत रत्नपार्कमा औषधी बेच्नेको जस्तै हुने बताए । ‘गन्तव्यमा पुग्न राजनीतिक एजेन्डा हुनुपर्छ । उहाँहरुको एजेन्डा देश होइन, जनता होइन, संविधानको रक्षा होइन’, उनले भने, ‘रत्नपार्कमा औषधी बेच्नेले पनि केही मानिस जम्मा गरेको हुन्छ, अब उहाँहरुको अबको हालत त्यस्तै हो ।’

ओलीले नेपालको अदालत चार्ली च्याप्लिनको खेलजस्तो नभएको भन्दै को असली हो भन्ने चिन्न सक्ने बताए । भने, अदालतले जुँगा हेरेर चिन्छ, कुम हल्लाएकोबाटै को हो भन्ने चिन्छ, जेल लगाएको कपाल हेरेर चिन्छ । चार्ली च्याप्लिनजस्तो नचिन्ने होइन । सूर्य चिह्न हामीसँग हुन्छ । पार्टी हाम्रो हो ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *