धरमपुर, १८ पुस–झापाको धरमपुरस्थित लक्ष्मी नारायरण माध्यमिक विद्यालयमा सञ्चालित उद्धघोण तालिम आज सम्पन्न भएको छ । नेपाल आदीवासी जनजाति महासंघ वडा समन्वय समिति शिबसताक्षी-१ धरमपुरले आयोजना गरेको ७ दिने उद्धघोण तालिमको आज (शनिबार) सम्पन्न भएको हो ।
आदीवसी जनजाति महासंघ वडा समन्वय समिति धरमपुरका अध्यक्ष किराती बिबेक सुनुवारको अध्यक्षतामा तालिम समापन कार्यक्रम भएको थियो । तालिम समापन कार्यक्रमको प्रमुख अतिथि आदीवासी जनजाति महासंघ शिबसताक्षी नगर समन्वय समितिका उपाध्यक्ष भीमबहादुर सुनुवारको प्रमुख आतिथ्यता रहेको थियो ।
सो कार्यक्रममा नेपाल माझी उत्थान संघ तथा धरपमुरका सामाजिक तथा राजनीति अगुवा सन्तबीर माझी, किरात याक्थुम चुम्लुङ शिबसताक्षी–१ का अध्यक्ष दुर्गा चेम्जोङ, नेपाल तामाङ घेदुङ शिबसताक्षी–१ का अध्यक्ष पेमा तामाङ, किरात याक्खा छुम्मा शिबसताक्षी नगर सदस्य इन्द्रमान देवान, नेपाल आदीवासी जनजाति महासंघ शिबसताक्षी-११ की अध्यक्ष निर्मला प्रधान, नेपाल आदीवासी जनजाति महासंघ दक्षिण कोरिया प्रवास समितिका पुर्व अध्यक्ष पवन चाम्लिङ राई, नेपाल अपाङ्ग सेवा शिबसताक्षी नगर अध्यक्ष प्रदिप कुमार तामाङ, पत्रकार सेलिङ केसी, तालिमका प्रशिक्षक एबम् किरात राई यायोक्खा शिबसताक्षी–१, २ र ३ धरमपुरका अध्यक्ष प्रेम दुमी राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा तालिमका सहभागिहरुको तर्फबाट समिर योङहाङले तालिमबाट आफुले धेरै फाइदा लिएको बताएका थिए । त्यस्तैं, उक्त कार्यक्रममा अन्तिमा नेम्वाङ, आस्मा आङ्देम्बे, रुचना चेम्जोङ, रोशनी माझी र सावना भुजेलले नृत्य प्रस्तुत गरेका थिए । भिबहादुर सुनुवार र समीर योङ्हाङले कविता वाचन गरेका थिए ।
७ दिने उद्घोषण तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र कलाकारहरुलाई मायाको चिनो, खदा र अविरले सम्मान गरेका थियो भने तालिमका प्रशिक्षक प्रेम दुमी राई ज्यूलाई कदर–पत्र र खदासहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन भने महासंघका सहञ्सचिव शान्ति देवान याक्खाले गर्नुभएको थियोे ।
