काठमाडौं, १९ पुस–विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक पेरिसडाँडामा जारी रहेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
संसद् विघटनविरुद्ध संघर्ष गरिरहेको पुष्पकमल दाहाल र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले शनिबार दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । सोही विषयमा छलफल हुने बताइएको छ ।
