काठमाडौं, १९ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गरिएको हो ।

आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आइतबार बसेको स्थायी समिति बैठकले नेपालको नेतृत्वमा १०–सदस्यीय कार्यदल बनाएको हो।

कार्यदलमा गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, गोकर्ण विष्ट, जनार्दन शर्मा, पम्फा भुसाल, बर्षमान पुन, मातृका यादव, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत सदस्य रहेका छन्।

स्थायी कमिटी सदस्य योगेश भट्टराईका अनुसार यसले पार्टी एकीकरणका बाँकी रहेका काम र पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्याको कारण रिक्त भएका स्थानमा जिम्मेवारी प्रदान गर्नेछ । स्थायी समिति बैठक सोमबार १२ बजे पुनः बस्ने उनले जानकारी दिए ।

यसैबीच आइतबारबाट अध्यक्षता आलोपालो प्रणालीबाट पनि सुरु भएको छ । पुस ७ र ९ गते बसेको स्थायी समितिको बैठकको अध्यक्षता प्रचण्डले गरेका थिए भने आइतबार पेरिसडाँडामा बसेको बैठकको अध्यक्षता नेपालले गरेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *