अर्जुन जम्नेली राई/मोरङ, १९ पुस–धिमाल जातीय बिकास केन्द्र केन्द्रीय समितिको ६ औं महाधिवेशन पुनः पुस २५ गतेसम्मको लागि स्थगित भएको छ ।

महाधिवेशनको उदघाटन सुक्रबार (पुस १७) मोरङको उर्लाबारी मंगलबारे स्थित केन्द्रीय कार्यालयमा प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा भएको थियो ।

शनिबार संगठनको सांगठानिक, आर्थिक र विधान संशोधन प्रस्तुत, छलफलपछि पास भएको प्रतिनिधि अजित धिमालले बताए ।

नेतृत्व चयनको लागि सस्थापक रामबहादुर धिमालको संयोजकत्वमा समिती गठन भएपछि पुस २५ गतेसम्मको लागि स्थगित गरिएको हो ।

आगामी कार्यसमिति सहमतिको लागि प्रयास गर्न २५ गतेसम्म स्थगित गरिएको र त्यो अवधिमा पनि सर्बसहमत नभए निर्वाचन हुने अजित धिमालले जानकारी दिए ।

महाधिवेशनको लागि ४२८ प्रतिनिधि र २५ जना पर्यवेक्षक रहेका छन ।

यस अघि कार्तिक १३-१५ गते झापाको दमकमा तोकिएको महाधिवेशन उद्घाटन सुरु
नभइ कोरोनाको कारण देखाउदै स्थगित भएको थियो ।

त्यो बेला प्रतिनिधिहरु तोकिएको स्थानमा आइपुगे पनि कोरोना भाइरस सर्छ भन्दै एउटा समूहले हो हल्ला गरेपछि स्थागित भएको थियो ।
झापा तोकिएको महाधिवेशन अघि धिमालहरु दुई प्यानलमा बाडिएर उमेद्वारी घोषणा गरेका थिए ।

एउटा समूहले अध्यक्षमा कृष्ण धिमाल, सहअध्यक्ष केदार धिमाल, महासचिवमा मात्रिका धिमाल र अर्को समूहले लोकबहादुर धिमाल, सह-अध्यक्षमा अमरबहादुर धिमाल, महासचिवमा कविराज धिमालको प्यानल घोषणा गरेर प्रचार थालेका थिए ।

कोरोनाको कारण भनिए पनि प्रत्यक्ष, अपत्यक्ष रुपमा पार्टी पार्टीमा बिभाजित भएको कारण दमकमा तोकिएको महाधिवेशन स्थागित भएको महाधिवेशनका एक प्रतिनिधिले बताए ।

धिमाल जातीय बिकास केन्द्रमा पार्टी राजनीति घुसाउन खोज्नेले नै अर्को पक्षलाई सामाजिक संस्थामा राजनीति गर्न लागेको आरोप प्रत्यारोपमा लाग्ने गरेको उनको भनाइ छ ।

यद्यपि यो पटक भने मिलाएर जाने प्रयास भइरहेको धिमाल जातीय विकास केन्द्रका निवर्तमान महासचिव केदार धिमालले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *