काठमाडौं, १ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक दाउपेचले अहिले नेपाली राजनीति गर्माएको छ । तिनवर्ष अघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (एमाओवादी) गाँसिएर एउटै दल कायम भएको थियो । जसको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको थियो ।

त्यसपछि भएको निर्वाचनमा स्पष्ट बहुमत ल्याएको नेकपा एकल सरकार गठन गरेको थियो । सरकार गठन अघि नै पार्टी मिलनको बेला दुई अध्यक्ष कायम रहने निर्णय गरेर प्रधानमंन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) दुवै अध्यक्ष भएका थिए ।

निकै मधुर सम्वन्ध भएको यी दुई अध्यक्ष विच निर्वाचन ताका देखी नै बाक्ला भेटघाट र समुधुर सम्वन्धका कुराकानी हुन्थे । यतिसम्म कि प्रधानमन्त्री पद पनि बाँडीचुँडी खाने सर्तनामाहरु भएका कुराहरु पनि बाहिर आएका थिए ।

अढाई वर्ष एकले पार्टी मात्र हेर्ने अर्कोले सरकार मात्र चलाउने सम्झौता भएका थिए रे भन्ने पनि बाहिर सुनिन आएको थियो । त्यही सर्त बमोजिम प्रधानमंन्त्री केपी शर्मा ओलीले सरकार चलाएका थिए भने प्रचण्डले पार्टी ।

तर, यी दुईको दोस्ती विस्तारै विस्तारै टुट्न थाल्यो । नेकपाको कार्यकारी भूमीकामा रहेका प्रचण्डले सरकार चलाउने अब आफनो पालो भन्ने बित्तिकै प्रधानमंन्त्री रहेका केपी शर्मा ओलीको दिमाग चकराउन थाल्यो । बल्ल बल्ल पाएको सत्ता र त्यसमा अल्झिएको भौतिकताले प्रधानमंन्त्री ओलीलाई बदलिन केही समय नै लागेन ।

उता दोस्रो नम्वरका पार्टी अध्यक्ष प्रचण्ड पनि आफूलाई सर्त मुताविकको कुरा प्रधानमन्त्री ओली पुरा नगरेको भन्दै विभिन्न कार्यक्रम देखी भेलाहरुमा असन्तुष्टि पोख्न थाली सकेका थिए । त्यस विचमा पनि धेरै पटक दुई अध्यक्ष विच सम्झौताका कुराहरु नभएका होइन ।

विभिन्न चरणहरुमा भएका कुराहरु दाल नगलेपछि दुवैले छुट्टिनुको बाटो बाहेक केही देखेनन् । अन्नत तिन वर्षअघि मात्र एकता प्वाख हालेको नेकपाको प्वाख अहिले चुँडिएको छ ।

संघमा चुँडिएको प्वाखलाई पुसको चिसो हावाले उडाएर अहिले प्रदेशमा पुयाएको छ । प्रदेशमा पनि को बलियो र कसको पल्लाभारी भन्ने खेल सुरु भएको छ ।

जसको पछिल्लो उदाहरण हो वाग्मती प्रदेश । अहिले वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छिन् । प्रचण्ड नेपाल समूहले बहुमतलाई आधारमानी शाक्यलाई दलको नेतामा चयन गरेको हो ।

संसदीय दलको नेतामा शाक्यलार्ई चयन गरे पनि यस सम्वन्धि जानकारी वाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलालाई गराईएको थिएन् । पेरीस डाँडाको बैठकबाट संसदीय दलको नेता बन्न पुगेकी शाक्यले बुधवार बोलाएको संसदीय दलको बैठक पछि मात्र मुख्यमंन्त्री रहेका पौडेलले थाहा पाएका थिए ।

प्रधानमंन्त्री केपी शर्मा ओली पक्षका मुख्यमंन्त्री पौडेलले यसअघि नेकपा संसदीय दलका उपनेता शालिकराम जमकट्टेल र सचेतक बुद्धिमान माझीलाई आफू बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउन भूमीका खेलेको भन्दै कार्वाही स्वरुप संसदीय दलको उपनेता र सचेतक बाट जमकट्टेल र माझीलाई हटाएका थिए ।

आफू बिरुद्ध अविश्वासको प्रस्ताव आउने भन्को पाएपछि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३० जना सांसदलाई कार्वाही स्वरुप स्पष्टीकरण सोध्ने क्रममा रहेको बेला आफै बिरुद्ध खेलीएको चालको बारेमा सोच्ने मौका नै उनले पाएनन् ।

त्यस्तै वाग्मतीको हावा बहदै अन्य प्रदेशहरुमा पनि प्रवेश गर्ने तयारी गर्दै छ ।

त्यस्तै दोस्रो तारोको रुपमा प्रदेश नम्वर १ का मुख्यमंन्त्री शेयरधन राई छन् । प्रदेशमा सत्ता समीकरणको आफनो बल पुग्ने प्रदेशमा दुबै पक्षले गणितिय अभ्यास थालीसकेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *