दमक, १९ पुस–प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वले दमकमा मदन भण्डारी स्पोर्टस एकाडेमी गठन गरेको छ । दमक-९ पूर्व एमाले पार्टी कार्यालयमा रहेको रत्नकुमार वान्तवा स्मृति भवनमा आज सम्पन्न भेलाले लोकेश न्यौपानेको अध्यक्षतामा एकाडमी गठन गरिएको हो ।

एकाडमीको उपाध्यक्षमा खेम बराल, सचिवमा सुरेश भण्डारी, सहसचिवमा प्रविन पाठक र कोषाध्यक्ष जमुना निरौला अधिकारी लगायत रहेका छन् ।

खेलकुदका माध्यमबाट यूवाहरुलाई संगठित र प्रशिक्षित गर्न उद्देश्यले ओलीको गृह जिल्ला झापामा यतिखेर धमाधम एकाडमी विस्तार गर्न थालिएको जनाईएको छ । फाउण्डेशन विस्तार कार्यमा ओलीद्धारा मनोनित नयाँ केन्द्रिय सदस्यहरु खटिएका छन् ।

संविधान सभा सदस्य समेत रहेका मनोनित केन्द्रिय सदस्य दिपक कार्कीको प्रमुख आतिथ्यता रहेकोे भेलामा अर्का मनोनित केन्द्रिय सदस्यद्धय होमबहादुर थापा, अम्बिका खनाल,यूवा संघ झापाका संयोजक शम्भु भण्डारी, बोधराज न्यौपाने, गणेश बस्नेत, इन्द्र गुरुङ, राजकुमार थापा दिपेस दाहाल, सन्तोष दुलाल, डम्बर अधिकारी, राजकुमार थापा लगायतको उपस्थिती रहेको थियो ।

फाउण्डेशनका झापा जिल्ला सदस्य भिमराज केसीको अध्यक्षतामा भएको सो भेलाको सञ्चालन यूवा संघ नेपाल दमक नगर अध्यक्ष राम पौडेलले गरेका थिए । यसअघि विर्तामोड, गौरादह र शिवसताक्षीमा पनि सोही किसिमको स्पोर्टस एकाडेमी गठन भईसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *