दमक, १९ पुस–मोहन मगर (मिन) को अध्यक्षतामा दमक नगरस्तरिय फूटबल समिति गठन गरिएको छ । नगरपालिकास्थित खेलकुद विकास समितिको कार्यालयमा शनिवार सम्पन्न फूटवल खेलाडी र क्लवका प्रतिनिधिहरुको उपस्थितिमा फूटबल खेलको विकास गर्ने उद्देश्यले फूटवल समिति गठन गरिएको अध्यक्ष मगरले वताएका छन् ।

अध्यक्षः मगर

सर्वसम्मत गठित समितिको उपाध्यक्षमा विनोद भण्डारी, सचिवमा किशोर कार्की र सदस्य शुसील तामाङ, मनोज कुमार धिमाल, चन्द्रकुमार गिरी, नवराज गुरुङ, शिव धिमाल ,देउमान लिम्बु (भाइचुङ), गोपाल चेम्जोङ, अजिन लिम्बू रहेका छन् ।

नवगठित समितिले क्लव प्रतिनिधि तथा सल्लाहकार चयन गरिने अध्यक्ष मगरले जनाएका छन् ।

यसैवीच, समितिले दमकमा छिट्ठै वडास्तरिय फूटवल प्रतियोगिताको आयोजना गर्नुका साथै फूटवल खेलको विकास गर्न खेलकुद गतिविधिहरु सञ्चालन समेत गरिने अध्यक्ष मगरले वताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *