काठमाडौं, २० पुस–इंग्लिस प्रिमियर लिग फुुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३–१ गोलअन्तरको हराएको छ।

खराव लयबाट गुज्रिरहेको चेल्सीका लागि दबाब बढिरहेको छ। प्रिमियर लिगका पछिल्ला ६ मध्ये चेल्सी एक खेलमा मात्र विजयी भएको छ। उपाधि दावेदार टोली सिटीबिरुद्ध स्टाम्फोर्ड ब्रिजमा चेल्सीले कठिन चुनौति पेश गर्नै सकेन। घरेलु मैदानमा पहिलो हाफमै चेल्सी ३–० ले पछि पर्‍यो।

१८ औं मिनेटमा फिलिप फोडेनको पासमा गुण्डोगानले गोल गरेपछि सिटीको अग्रता सुरु भएको हो। त्यसको तीन मिनेटपछि फोडेनले पनि गोल गरे।

३४ औं मिनेटमा डी ब्रयनले गोल गरे र पहिलो हाफमै आरामदायी अवस्थामा पुर्‍याए। घरेलु टोलीका लागि कलम हड्सन ओडोईले खेलको इन्ज्यूरी समयमा सान्त्वना गोल फर्काए।

१७ खेलबाट २६ अंक भएको चेल्सी तालिकाको आठौं स्थानमा छ। म्यानचेस्टर सिटीको १५ खेलबाट २९ अंक पुगेको छ भने तालिकामा पाँचौं स्थानमा छ। गएराति नै भएको अर्को खलमा न्यूक्यासललाई लेस्टर सिटीले २-१ ले हराएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *