मोरङ, २० पुस–किरात राई यायोक्खा केन्द्रीय समितीले बिहिबार साकेला चाडको महत्व र बिदा कटौतीबारे अन्तर्कृयाको आयोजना गरि उधौली साकेला चाड ५०८० (२०७७०) मनाएको छ ।
यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको सभापतित्वमा भएको जुम प्रविधिबाट आयोजित भर्चुअल कार्यक्रममा विभिन्न देशहरुबाट अन्तरकृयामा सहभागि भएका थिए ।
कार्यक्रममा किरात राई प्रज्ञपरिषदको कुलपती जय राईले उधौलि चाडको महत्व, यायोक्खा पूर्ब महासचिव राजबहादुर राईले साकेला चाडमा दिइदै आएको बिदा कटौती र आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको पूर्ब उपाध्यक्ष जितपाल किराती समसामयिक शन्दर्भमा बोलेका थिए ।
बक्ताहरुले साकेलालाई थप महत्वपूर्ण बनाउने र सरकारले कटौती गरेको बिदालाई पुन स्थापित गर्ने उपाए बारे बोलेका थिए ।
कार्यक्रममा किराया बेलायतकि अध्यक्ष कल्पना राई, कतारबाट बिमल राई, कुवेतबाट मन्जित चाम्लिङ राई, युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका निवर्तमान अध्यक्ष तथा बर्तमान सल्लाहकार बिष्णु राई र इजरायलका सल्लाहकार कुमार राईले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा किरात राई बिद्यार्थी संघकि सचिव प्रविणा राई, युवा संघ केन्द्रीय अध्यक्ष सन्जय राई, पत्रकारबाट कार्यबाहक अध्यक्ष अवतार राई, कलाकारका केन्द्रीय अध्यक्ष रामकर राई यायोक्खा केन्द्रीय पदाधिकारी, सदस्य, जिल्ला अध्यक्षहरु लगायत सय बढी सहभागीता रहेको कार्यक्रममा किराया केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर राईले स्वागत र महासचिव जनक राईले सन्चालन गरेका थिए ।
