चितवन, २० पुस–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले व्यवस्था र संविधानको चीरहरण भएको बताएकी छन् । हाल कम्युनिस्ट पार्टी सडकमा आएको बताउँदै झाँक्रीले राजनीतिक र प्रणालीका लागि सडकमा आउन बाध्यता रहेको बताइन् ।
भरतपुरमा आज आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘‘यहाँसम्म आउन सयौं सहिद भए अंगभंग भएर ल्याएको संविधान र व्यवस्थाको चीरहरण भएको छ,’’ उनले भनिन्, ‘‘यो व्यवस्थाको चीरहरण भएको त होइन रु संविधानको चीरहरण भएको होइन रु’’ चारपुस्ता यही व्यवस्थाका लागि लडेको बताउँदै उनले समाजतर्फ उन्मुख हुदै जाँदा दुईतिहाइ जितेको सरकारले धावा बोलेको बताइन् ।
प्रधानमन्त्रीको अभिव्यक्ति गैरराजनीतिक र गैरस्तरका अभिव्यक्ति दिएर हालसम्मकै अयोग्य प्रधानमन्त्री भएको उनको भनाइ थियो । प्रधानमन्त्री हुँदै गर्दा हरेक कुरा पवित्र भए पनि हाल आएर प्रधानमन्त्रीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तल्लो स्तरको अभिव्यक्ति दिँदै आइरहनु थप शंकास्पद भएको उनको आशय थियो ।
हालसम्म प्रधानमन्त्रीले बोलेका विकासका योजना सबै हावादारीमा बोलेको उनले बताइन् । ओलीले बिचौलियाबाट पैसा उठाएर पार्टी विभाजनमा पहिल्यैदेखि योजनामा लागेको उनको भनाइ थियो ।
पार्टी एकतालाई स्खलित गरेर विभाजन गरेको भन्दै उनले मदन भण्डारी फाउन्डेसनका नाममा करौडौं रकम हिनामिना गरेको पनि झाँक्रीले आरोप लगाइन् । उनले केपी ओलीले म्यादी केन्द्रीय सदस्य बनाएको भन्दै व्यंग्य गरिन् ।
