काठमाडौं, २० पुस–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित दुई जना पक्राउ परेका छन् । झापा मेचीनगर–२ का बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा उनीहरु नाताले आमाछोरा रहेको विमानस्थल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको जहाजबाट झापा भद्रपुर जान लागेका उनीहरुलाई चेकजाँच गर्दा झोलामा लुकाएको अवस्थामा सो परिमाणको गोली फेला परेको हो ।
मुनादेवीको श्रीमान अवकास प्राप्त सईको श्रीमती रहेको जनाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
