काठमाडौं, २० पुस–अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीले स्पेनिश क्लब बार्सिलोनामा एक अर्को रेकर्ड कायम गरेका छन्।

उनले आइतबार राति भएको स्पेनिश ला-लिगमा पाँच सयौं खेल खेले। यो उपलब्धि हासिल गर्ने मेसी पहिलो नन-स्पेनिश खेलाडी हुन्। ला लिगमा सर्वाधिक धेरै खेल खेल्ने रेकर्ड पूर्व-स्पेनिस गोलरक्षक एन्दोनी जुबिजारेताको नाममा रहेको छ।

उनले एट्लेटीको, बार्सिलोना तथा भेलेन्सियाका लागि कुल ६६२ खेल ला लिगमा खेलेका छन्। मेसीले भने लालिगमा पाँच सयौं खेल हुएस्काविरुद्ध खेले जहाँ बार्सिलोनाले १–० को संघर्षपूर्ण जित निकाल्यो।

बार्सिलोनाका लागि ७५० खेल

मेसीले बार्सिलोनाका लागि ७५० खेल खेलेका छन्। उनले अहिलेसम्म ६६४ गोल गर्दा यो दौरान २८० गोलका लागि एसिस्ट गरेका छन्। जारी सिजनमा बार्सिलोनाले १९ खेल खेलेको छ जसमा १० गोल गर्दा ४ असिस्ट गरेको छ।

विश्व फुटबलमा एक क्लबका लागि सर्वाधिक ७५० खेल खेल्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि स्पेनिश फुटबलर जाभीले ७६७ खेल खेलका छन्। जाभिले पनि बार्सिलोनामानै रहेर यो उपलब्धि हासिल गरेका थिए।

जुनमा सकिँदै मेसीको कन्ट्रयाक

मेसीले बार्सिलोनाका लागि १८ वर्षको उमेरमा १६ अक्टोबर २००४ मा डेब्यु गरेका थिए। उनले अहिलेसम्म १० ला लिगा तथा ४ युइएफए च्याम्पियन्स लिगको उपाधिसहित कुल ३४ उपाधि जिते। मेसीले पछिल्लो पटक २०१७ मा कन्ट्रयाक रिन्यु गरेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *