धरमपुर, २० पुस–दुबै मृगौलामा समस्या भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारत झापा कमल गाउँपालिकाका सात बर्षिय एलन नेम्बाङको उपचारमा बेलायत (युके) बाट रु १ लाख ५६ हजार ४ सय ५५ सहयोग प्राप्त भएको छ ।

झापा कमल–७ मिलडाँडाका कृष्ण बहादुर र हिमाकुमारीका सात बर्षिय एलन नेम्बाङको उपचारमा युकेमा बसोबास गर्नुहुने नेम्बाङ लिम्बूहरुको छाता सस्था पेभाकुम नेम्बाङ समाज झापाको सक्रियतामा सो रुपैया आज पीडित परिवारलाई हस्तान्त्रण गरिएको छ । पेभाकुम नेम्बाङ समाज झापाका अध्यक्ष एबम् सामाजिक तथा राजनीतिक अगुवा चन्द्रबीर नेम्बाङको धरमपुरस्थित निवासमा आज एक कार्यक्रमकाबीच सो रुपैया प्रदेश १ का सांसद झलकसिह दर्लामी मगरको उपस्थितिमा हस्तान्त्रण गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएर एलन नेम्बाङको उपचारमा समस्या भएपछि पेभाकुम नेम्बाङ समाज झापाले सहयोग सम्बन्धी आवश्यक पहल सुरु गरिएको समाजमा प्रवत्ता नेत्र नेम्बाङले जानकारी दिए । पवत्ता नेम्बाङका अनुसार बेलायत (युके) मा बसोबास गर्नुहुने ३१ जना मनकारी व्याक्तित्वहरुले सङ्कलन गरेको रुपैया मृगौला पीडितका परिवारलाई हस्तान्त्रण गरिएको हो ।

सहयोग हस्तान्त्रणमा समाजका अध्यक्ष चन्द्रबीर नेम्बाङ, प्रदेश सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सदस्य झलकसिह दर्लामी मगर, पेभाकुम नेम्बाङ समाजका उपाध्यक्ष कमल नेम्बाङ, महासचिव दिलकुमार नेम्बाङ, सचिव नन्दहाङ नेम्बाङ, समाजका सदस्य एबम् शिबसताक्षी नगरका युवा व्यवसायी सामाजिक अगुवा भीम नेम्बाङ, युवा कलाकर्मी अभिषेक नेम्बाङ, नेम्बाङ वंशावाली प्रकाशन समितिका सदस्य एबम् शिबसताक्षी नगरका सामाजिक तथा राजनीति अगुवा दुर्गा नेम्बाङ, धरमपुरका युवा नेता एल नेम्बाङ, राजु दर्नाल र भुवन राई लगायतका व्याक्तित्वहरुको उपस्थिति रहको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *