काठमाण्डौं, २१ पुस–नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले हालै गौतमसँग भेटघाट गरेका थिए । पहिले प्रचण्ड-नेपालको समूहमा रहेका पण्डित आफू कुनै समूहमा नभएर पार्टी एकताको पक्षमा उभिएको बताउँछन् ।
गौतमसँगको भेटबारे जिज्ञासा राख्दा लालबाबुले भने, ‘हामी पार्टी एकताको अभियान चलाइरहेका छौं । अहिलेको अवस्थामा पार्टी विभाजनको दिशामा जानु हुँदैन ।’ पार्टीलाई अझै पनि एक बनाउने ठाउँ रहेकाले आफूहरुले दबाब दिने जानकारी दिए ।
‘अझै पनि पार्टीलाई जोड्ने ठाउँमा छ । पार्टीका नाम फरक-फरक राखेका छैनन् । कसैले कसैलाई पार्टीबाट निकालेका छैनन् । पार्टीको नाम पनि एउटै छ । पदाधिकारीको नाम पनि एउटै रहेको स्थिति र निर्वाचन आयोगले पनि टुंगो नदिएको र अदालतमा पनि प्रक्रियामै भएकाले अझै जोड्न सकिन्छ भन्नेमा छौं,’ पण्डित भन्छन् ।
पार्टी जोड्ने के ले त रु पण्डित भन्छन्, ‘म कतै नलागी पार्टी एकताका पक्षमा लागिरहेको छु । नेताहरुलाई भेटघाट गर्ने, पहलपदमी गर्ने हो । अझै पार्टी एकताको सम्भावना छ भन्ने दबाब दिने नै हो । नेताहरुसँग छलफल पनि भइरहेको छ । आफ्नो ठाउँबाट लागिरहेको छु ।
वामदेव कमरेडहरु पनि संगठित रुपमा जान सकिन्छ भने जाउँ भन्ने तहमा हुनुहुन्छ । हाम्रो चिन्ता हाम्रो एउटै हो । एकताको प्रयास गर्न उपयुक्त हुन्छ र एक हुनुपर्छ भन्ने पार्टीमा मत छ ।’
संविधान मात्रै नएभर पण्डितले गणतन्त्र संघीयतासमेत समाप्त पार्ने खेल भइरहेको आशंका व्यक्त गरे । ‘आवेश र उत्तेजनामा भएका कतिपय कुरा ठन्डा दिमागले सोच्ने हो । अहिले पार्टी विभाजन मात्रै होइन, समयमा चुनाव हुने स्थिति पनि छैन ।
संविधान समाप्त हुने, यसले गणतन्त्र संघीयता, धर्म निरपेक्षतालाई समाप्त गर्ने सम्भावना पनि हुन सक्छ । त्यसैले हामी एक हुनुपर्छ भनेर दबाब दिन्छौं,’’ उनी भन्छन् ।
