अर्जुन जम्नेली राई/मोरङ, २१ पुस–बैज्ञानिक वन व्यवस्थापन कायम र बन्द भएको काठ, बिक्री बितरण खुलाउन बैज्ञानिक वन व्यवस्थापन भएका समूहहरूको भेलाले बैज्ञानिक वन सरोकार वाला सन्जाल मोरङ पुनःगठन गरेको छ ।
पुस १२ गते मोरङको पथरीशनिश्चरेस्थिति हरियाली सामुदायिक वन उपभोक्ता समूहमा भएको भेलाले तदर्थ समिति बनाएको थियो । १९ गते सोही समूहमा बसेको अर्को भेलाले समितिलाई पूर्णता दिदै वन पैदावार बिक्री वितरण खुलाउन पहल गर्ने निर्णय गरेको छ ।
पछिल्लो भेलाले बैज्ञानिक वन सरोकार वाला सञ्जालको अध्यक्ष दिलराम राई, उपाध्यक्षमा रुद्र पोख्रेल, सचिवमा राजु परियार, सहसचिव महेश थापा सर्वसहमत चयन गरेको छ । कोषाध्यक्ष भने पछि मनोनित हुने भएको छ ।
सदस्यहरुमा काबुलबहादुर मगर, शन्त राई, यमबहादुर तामाङ, लेखनाथ श्रेष्ठ, महेश राई, उदय फुयल, दिनेश गिरी, शोमनाथ नेपाल, गोपाल श्रेष्ठ, मनबहादुर पाठक, पबित्रा पोख्रेल, टेबहादुर राई चयन भएका छन् ।
त्यसैगरी, डिकनारायण खाँ, प्रेमकुमार विक, अञ्जुला मण्डल, शिवकुमार शाह, देबेन्द्र लिम्बू, हरेराम माझी, मिनकुमार राई, सुजित बुढाथोकी, भीम देवान, लालबहादुर बस्नेत सदस्य चयन भएका हुन् ।
भेलाले सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन मन्त्रालय र बिभागमा वैज्ञानिक वन व्यवस्थापन निर्देशिका खारेजीको लागि मुद्धा लगाएकोले उक्त मुद्धा फिर्ता गर्न महासंघसँग बार्ता गर्ने निर्णय गरेको छ । त्यसको लागि पुस २६ गते मोरङ जिल्ला र १ नम्बर प्रदेश महासंघसँग वार्ता गर्ने निर्णय भएको समितिको सदस्य काबुलबहादुर मगरले बताए ।
मोरङ जिल्लामा १३४ सामुदायिक वन मध्ये ३४ र झापामा ५९ वटा मध्ये ६ वटामा बैज्ञानिक वन ब्यबस्थापन कार्यक्रम लागू भएको छ ।
के हो बैज्ञानिक वन ब्याबस्थापन ?
करिव एक हेक्टर वन क्षेत्रमा १५ देखि २५ वटासम्म माउ रुख ९बिरुवा उत्पादनको लागि० राखेर उत्पाद दिन छाडेको बुढो रुख काट्ने र त्यहाँ भएका विरुवा गोडमेल गरेर हुर्काउने, नभएकोमा नयाँ बिरुवा लगाउने पद्धतिलाई वैज्ञानिक वन व्यवस्थापन भनिन्छ ।
बैज्ञानिक वन ब्यबस्थापनमा सामुदायिक वनको क्षेत्रफल हेरेर आठ वटा कुप९भाग० बनाइन्छ । एउटा कुपमा १० वटा ब्लक बनाइन्छ । प्रत्येक कुपमा एक एक बर्ष काम गर्दा ब्लकमा १० बर्ष लाग्छ ।
त्यसोहुँदा आठ वटा कुपमा ८० बर्ष काम हुन्छ । एउटा ब्लकमा अहिले सरदर ३२÷३३ वटा रुख भएको क्षेत्रमा ८० बषपछि २५० देखि ३०० वटासम्म रुख काट्न मिल्ने बैज्ञानिक वन ब्यबस्थापन गर्ने समूहरुको तर्क छ ।
यता बैज्ञानिक वन ब्यबस्थापनको बिरोध गर्दै आएका ब्यक्तिहरुले भने सर्पट९मेलैमारी० रुख कटान गरेर वन सिध्याउन खोजेको आरोप लगाउदै आएका छन् । बैज्ञानिक वन ब्याबस्थापन पद्धति आउनु अघि ढलेको, मरेको, टुप्पा भाँचिएको रुख मात्र काट्ना पाइन्थ्यो । यसलाई दिगो वन ब्याबस्थापन भन्ने गरिन्थ्यो ।
सामुदायिक वन उपभोक्ता महासंघ बैज्ञानिक वन ब्यास्थापन खारेजी गर्नुपर्ने रणनीतिमा देखिन्छ । यता बैज्ञानिक वन ब्याबस्थापन पक्षधरहरु भने बैज्ञानिक ब्यबस्थापन सुरु भएका समूहहरु संगठित भएर छुट्टै सामुदायिक वन उपभोक्ता महासंघ बनाएर भएपनि टिकाउने पक्षमा देखिएका छन् ।
समामुदायिक बन उपभोक्ता महासंघले बैज्ञानिक बन ब्याबस्थापनलाई अस्वीकार गरे बैज्ञानिक ब्यबस्थापन भएका समूहहरुको नगर, जिल्ला, प्रदेश र केन्द्रसम्म छुट्टै महासंघ बनाएर अघि बढ्ने मोरङ पथरीशनिश्चरे स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगरले बताए । यस्तो अबस्था आएमा समुदायिक वन उपभोक्ता समूहहरुको साझा संगठन सामुदायिक वन उपभोक्ता महासंघ बिभाजन हुने खतरा देखिन्छ ।
पश्चिम नेपालको विभिन्न जिल्लामा वैज्ञानिक वन व्यबस्थापनको नाममा अनियमित रुपमा रुख कटान भएको भन्दै संघीय संसदीय, सार्वजनिक लेखा र कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा उजुरी परेपछि संघीय मन्त्री परिषदको २०७७ जेठ १५ गतेको बैठकले काठ बिक्री, बितरणमा रोक लगाउने निर्देशन दिएको थियो । समाुदायिक वन समूहहरुले हालसम्म आफ्नो उपभोक्तालाई काठ वितरण गर्न पाएको छैन ।
