दमक, २३ पुस–झापाको दमक–८ स्थित कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको आगामी कार्यकालका लागि पुनः मणिकुमार भण्डारीको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ । संस्थाका प्रमुख व्यवस्थापक निलकण्ठ निरौलाका अनुसार आज सम्पन्न निर्वाचन कार्यक्रम अन्तर्गत भण्डारीको अध्यक्षतामा सञ्चालक समिति र गंगा प्रसाद संग्रौलाको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको हो । संस्थाको उपाध्यक्षमा भरतकुमार चम्लागाइँ, सदस्यहरुमा विमल निरौला, इन्द्र प्रसाद खनाल, कृष्णराज थापा, लोकनाथ अधिकारी, चेतनाथ रिजाल, निर्मला आचार्य, हेमकुमारी कोइराला, कल्पना राई र पुण्यप्रसाद नेपाल निर्विरोध निर्वाचित भएका छन ।
त्यसैगरी संग्रौलाको संयोजकत्वमा रहेको गठित लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा नरेन्द्र दाहाल र सुशीला गौतम निर्वाचित भएको व्यवस्थापक निरौलाले जनाएका छन् । दमकमा मुख्य कार्यालय रहेको सो सहकारीले आफना शेयर सदस्यहरुका सुविधाका लागि गौरादह वजारमा र शिवसताक्षीको डुडाँमारीमा सेवा केन्द्र सञ्चालन रहेको छ ।
