एजेन्सी (काठमाडौं), ५ असार–स्पेनिस ला लिगामा रियल म्याड्रिडले भ्यालेन्सियामाथि सानदार जित हात पारेको छ। बिहीबार भएको खेलमा रियलले ३-० को जित हात पारेको हो।

रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे। उनले खेलको ६१ र ८६ मिनेटमा गोल गरेका थिए। रियलका लागि अर्को गोल एसेन्सियोले गरे। उनले ७४ मिनेटमा रियलका लागि दोस्रो गोल गरेका थिए।

रियलको जितमा दुई गोलसँगै बेन्जिमा क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीको पाँचौ स्थानमा उक्लिएका छन्। ३२ वर्षीय बेन्जिमाले रियलका लागि २४३ गोल गरिसकेका छन्।

भ्यालेन्सिया खेल सकिन एक मिनेट बाँकी छदा १० खेलाडीमा सीमित बनेको थियो। सर्जियो रामोसमाथि फाउल गरेका लि काङ इनलाई रेफ्रीले सिधा रातो कार्ड देखाएका थिए।

अंक तालिकाको दोस्रो स्थानमा रहेको रियलले २९ खेलबाट ६२ अंक जोडेको छ। शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ६४ अंक छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *