काठमाडौँ, ८ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवाद ‘नौटङ्की’ हो ? भन्दै प्रश्न गरेका छन् । बिहीबार आफू निकट प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रवादका नाममा केही मानिस बहकिएको भन्दै त्यसरी बहकिन आवश्यक नरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘मैले अस्ति एउटा टेलिभिजनलाई अन्तरवार्ता दिएँ । आलोचना गर्ने ठाउँ कहीँ भेटिएनछ । अनि त्यो पत्रकारले इण्डियामा गएर यो एभरेष्टका नाममा किन राखेको ? भनेर के बोलेछ त्यसपछि यहाँ राष्ट्रवादको बबण्डर मच्चियो । उसले सगरमाथा खान्छु भनेको छ र ?’

उनले आफूले भारतीय टिभीलाई दिएको अन्तवार्ता एक नेताले नौटंकी भएको भनेर अभिव्यक्ति दिएको भन्दै आक्रोस पोखे ।

‘यति साह्रो बहकिन आवश्यक छैन । वाहियातमा बहकिएर ? राष्ट्रवाद तमासा गर्ने कुरा हो ?राष्ट्रवाद ड्रामा हो ?’, प्रश्न गर्दै ओलीले राष्ट्रको हित र स्वभिमानको पक्षमा उभिने कुरा साँचो राष्ट्रवाद भएको बताए ।

उनले देशभक्ति मन र भावनाको हिसावले नभए त्यो नेपाली नै हुन नसक्ने बताए । ‘नागरिकता वा प्रमाणपत्रमा त होला तर मन र भावनामा देशभक्ति छैन भने त्यो के नेपाली ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *