सुर्खेत, ८ माघ–नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् ।
बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बिरोधसभामा अध्यक्ष नेपालले ओली २०७१ सालदेखि नै पूर्वएमालेमा घाँडो भएको बताए । उनले भने, स्पष्टिकरण नर्फकाएकाले अब साधारणसभाबाट निष्काशन गर्छौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक प्रतिनिधिसभा विघटनको विरोधमा वृहत सभा सम्पन्न गरेको छ । सभामा नेकपाका नेता जर्नादन शर्मा लगायतका नेताले सम्बोधन गरेका छन् ।
