हेटौँडा, ९ माघ–बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ। प्रस्तावको पहिलो हस्ताक्षरकर्ता अरुण नेपालले आज बसेको प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव प्रस्तुत गरेका हुन्।

नेकपा विभाजन भइसकेपछि प्रचण्ड–नेपाल पक्षका ४५ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए। बागमती प्रदेशमा १ सय १० जना प्रदेशसभा सदस्य रहेका छन्।

अविश्वासको प्रस्ताव पारित हुनका लागि ५६ जना सदस्यले पक्षमा मतदान गर्नुपर्ने हुन्छ। त्यसका लागि प्रमुख विपक्षी नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण छ। कांग्रेसले अहिलेसम्म प्रस्तावको पक्ष विपक्षमा जानेबारे निर्णय गरिसकेको छैन।

प्रदेशसभाको आगामी बैठक माघ १९ गतेका लागि बोलाइएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *