काठमाडौँ, ९ माघ–नेकपा-प्रचण्ड नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीसँग अब साइबर स्याल र सेटिंगको खेल भन्दा कुनै कुरा बाँकी नरहेको बताएका छन् ।

नेकपा-प्रचण्ड नेपाल समूहको राजधानीमा आज आयोजित वृहत सभालाई सम्बोधन गर्दै नेता भुसालले ओलीको पक्षमा लाग्ने साइबर सेना नभएर ती साइबर स्याल भएको टिप्पणी गरे । उनले भने, कमरेड ओली अब तपाईसँग अब साइबर स्याल मात्र बाँकी छन् ।

नेता भुसालले अर्को भनेको सेटिंग खेल बाँकी रहेको बताए । उनले एक्काइसौँ सताब्दीको अदालत तपाईको सेटिंगमा नचल्ने चेतावनी दिए । उनले भने, सेटिंग जासजुस उपन्यासमा हुन्छ, हामे अदालतमा सम्भव छैन ।

प्रधानमन्त्री ओली निर्वाचन गर्नका लागि निर्वाचन घोषणा नगरेको नेता भुसालले बताए । ओलीले दुई तिहाईको सफना नदेखे हुन्छ, नेता भुसालले भने ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *