गौरीगञ्ज, ९ माघ–गैर नागरिकलाई नेपाली नागरिकता दिएको अभियोगमा पक्राउ परेका झापाको गौरीगञ्जस्थित ईलाका प्रशासन कार्यालयका प्रमुख धनञ्जय साह धरौटीमा छुटका छन् ।
झापा जिल्ला अदालतले आज उनलाई २ लाख रूपैयाँ धरौटीमा रिहा गरेको हो । उनीसँगै पक्राउ परेका कार्यालय सहयोगी २४ बर्षीय आसिर आलम र गौरादह नगरपालिका– ७ का ५९ बर्षीय कृष्ण तिम्सिना भने पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी गराएका छन् ।
प्रमुख साहलाई अदालतमा उपस्थित हुने गरी तारेखमा छोडिएको प्रहरीले जनाएको छ । उनलाई ३ जना तिब्बती मुलका नागरिकलाई नेपाली नागरिकता दिएको अभियोग लागेको थियो ।
