झिलझिले, ९ माघ–झापाको झिलझिलेस्थित बुद्ध चौकमा रहेको युङ्गी क्याफे एण्ड वारमा माघ ११ गतेदेखि एक सातासम्म म्यूजिकल कनसर्ट हुने भएको छ । क्याफे एण्ड वारले ग्राण्ड ओपनिङ अर्थात औपचारिक उद्घाटनको अवसर पारेर आफ्ना ग्राहक तथा शुभेच्छुकहरुलाई मनोरञ्जन प्रदान गर्न म्युजिकल कनसर्ट गर्ने भएको हो ।

क्याफे एण्ड वारका सञ्चालक एबम् युवा व्यवसायी तुला बोखिमका अनुसार उद्घाटनको अवसरमा राष्ट्रिय स्तरका चर्चित गायक तथा व्याण्डहरुले प्रस्तुती गर्नेछन् । उद्घाटनका कार्यक्रमहरु एक सातासम्म हुने र त्यस अवसरमा आगान्तुक पाहुनाहरुलाई बिशेष छुटको व्यवस्था गरिएको सञ्चालक बोखिमले बताए ।

सञ्चालक बोखिमका अनुसार हास्यकलाकार तथा अभिनेता विल्सन बिक्रम राई (तक्मे बुढा), गायक राम लिम्बू, अमित थापा मगरसहित स्थानीय द–लिजार्ड ब्याण्ड झिलझिलेसहित दमक, बिर्तामोड, काकडिभिट्टाका चर्चित ब्याण्डहरुले विशेष प्रस्तुती गर्ने छन् ।

उद्घाटनका कार्यक्रमलाई लक्षित गरेर क्याफे एण्ड वारको डेकोरेसन सम्बन्धीका सवै कार्यहरु पुरा भएको र अतिथीहरुलाई पत्रचार गरिसकेको सञ्चालक बोखिमले बताए । बोखिमका अनुसार आइतबार १० बजे हुने बिशेष उद्घाटनका कार्यक्रमलाई औपचारिक तवरले गरिने र त्यसका लागि आवश्यक तयारी पुरा भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *