दमक, १० माघ–होलसेल व्यवसायी संघ दमक झापाको अध्यक्षमा रिङ कुमार आचार्य चुनिएका छन् । संघको शुक्रवार शिवसताक्षीस्थित दोमुखामा सम्पन्न प्रथम साधारणसभासहित वनभोज कार्यक्रमबाट आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत गठित समितिको उपाध्यक्षमा भक्तवहादुर बस्नेत,सचिवमा राम प्रसाद रिमाल, सहसचिवमा दयाशंकर आचार्य र कोषाध्यक्षमा शम्भुप्रसाद खतिवडा चुनिएका छन् । यस्तै सदस्यहरुमा हिरादेवी उप्रेती, राजेश अग्रवाल, राजकुमार गुप्ता,भरत प्रधान,अर्जुन कार्की र ज्ञाननाथ पौडेल चुनिएका छन् ।

सोहि साधारणसभाले काशी थपलियाको संयोजकत्वमा कृष्ण ओली,राजन कटुवाल ,राजकुमार श्रेष्ठ,ज्ञानेन्द्र सुव्वा सदस्य रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको नवनिर्वाचित सचिव रामप्रसाद रिमालले वताए ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेल, दमक जेसीजका अध्यक्ष सुयोग खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभामा दमकका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु,व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

दमकको वजार क्षेत्रका होलसेल व्यवसायीहरुले गत साउन २९ गते स्थापना गरेको सो संघमा अहिले ६० जना बढी आवद्ध भएका छन् । होलसेल व्यवसायीहरुको पेशागत हकहितसंगै आपसी समन्वय गर्ने उद्देश्यले संघ स्थापना गरि काम थालिएको सचिव रिमालले जनाएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *