दमक, १० माघ–नेकपा प्रचण्ड नेपाल समूहका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा बसीरहन संसद विघटन गरेको बताएका छन् ।

संसद विघटनका विरुद्ध मेचीनगरकोधुलाबारीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले ओलीको सत्ताप्रातिका लागि देखिएको लम्पसारवादले संसद विघटन भएको बताए । उनले ओली सत्तामा बसीरहन जस्तोसुकै सम्झौता गर्न तयार हुने बताए ।

पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डले प्रधानमन्त्री ओली पार्टीको बैठकमा नगएर लोकतान्त्रिक प्रक्रियाबाट भागेको आरोप लगाए । उनले भने, संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी भएको संसद विघटन पुनःस्थापना हुन्छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *