काठमाडौं, ६ असार–दुई दातृ निकायले नेपाल सरकारलाई १४ अर्ब ४० करोड रुपैयाँ ऋण र अनुदान दिएका छन्। मन्त्रिपरिषद्को असार २ को बैठकले उर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुशलता अभिवृद्धि गर्नका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आइडीए) बाट १० करोड अमेरिकी डलर बराबरको करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ।

त्यसैगरि साना सिचाँइ आयोजना दोस्रो चरण कार्यक्रम कार्यान्वयनका लागि स्वीडरल्याण्ड सरकारबाट प्राप्त हुने १ करोड ७६ लाख स्वीस फ्रयाङ्क अर्थात २ अर्ब २ करोड ४० लाख नेपाली रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने निर्णय भएको सञ्चार एवम् अर्थमन्त्री डा। युवराज खतिवडाले बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *