काठमाडौं (एजेन्सी), ६ असार–इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटनह्यामले १-१ गोलको बराबरी खेलेका छन्।

खेलमा अग्रता भने टोटनह्यामले लिएको थियो। टोटनह्यामका लागि २७ मिनेटमा स्टेभिन बेर्जविनले गोल गरेका थिए।

तर, ८१ मिनेटमा म्यानचेस्टरले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। म्यानचेस्टरका ब्रुनो फर्नान्डेजले प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।

बराबरीसँगै म्यानचेस्टरले अंक तालिकाको चौथो स्थानमा उक्लने मौका गुमाएको छ। पाँचौ स्थानको म्यानचेस्टरको ३० खेलबाट ४६ अंक छ। चौथो स्थानको चेल्सीको २९ खेलबाट ४८ अंक छ। टोनटह्याम ४२ अंकका साथ आठौं स्थानमा छ।

अर्को खेलमा साउथनह्याम्टनले नर्विच सिटीमाथि ३-० को जित हात पारेको छ।

उसले तीन वटै गोल दोस्रो हाफमा गरेको थियो। उसका लागि इङ्ग्सले ४९ मिनेट, आर्मस्ट्रङले ५४ मिनेट र रेडमन्डले ७९ मिनेटमा गोल गरेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *