काठमाडौं, ६ असार–नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै गोर्खा भर्ती खारेज गर्न माग गरेका छन्। उनले चीनसँगको युद्धमा नेपाली दाजुभाइलाई प्रयोग नगर्न पनि अपिल गरेका छन्।

पार्टी महासचिव विप्लवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१ औँ शताब्दीमा पनि कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवं लज्जास्पद विषय भएको बताएका छन्।

चीन र भारतबीच तनाव देखिएको अवस्थामा भारतले सीमा क्षेत्रमा गोर्खा रेजिमेन्टलाई तैनाथ गराउने तयारी गरिरहेको अवस्थामा नेकपाका महासचिव विप्लवले दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाका पक्षमा अर्काविरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित नभएको उल्लेख गरेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *