एजेन्सी, ६ असार–नोवेल शान्ति पुरस्कार बिजेता पाकिस्तानी युवा अभियन्ता मलाला युसुफजाइले अक्सफोर्ड युनिभर्सिटीबाट डिग्री हासिल गरेकी छन्। तालिबानको आक्रमणमा परी गम्भीर घाइते भएकी मलाला त्यसयता मानवाधिकार अभियन्ताका रुपमा क्रियाशील रहँदै आएकी छन्।

२२ वर्षीय मलालाले शुक्रबार ट्वीट गर्दै पढाइ पूरा भएको जानकारी दिएकी हुन्। उनले दर्शन राजनीति र अर्थशास्त्र विषयमा डिग्री लिएकी हुन्। ‘मलाई अध्ययन सकिए पछिको खुशी व्यक्त गर्न कठिन भइरहेको छ’‚ उनले लेखेकी छन् ‘भविष्यको बारेमा सोचिसकेकी छैन। तत्कालका लागि भने नेटफ्लिक्स हेर्ने पढ्ने र सुत्ने काम हुनसक्छ।’ ट्वीटमा उनले दुईवटा फोटो पनि पोष्ट गरेकी छन्। एउटामा खुसियाली साटासाट गर्न केक काटिँदैछ भने अर्कोमा उनलाई केकले ढाकिएको देख्न सकिन्छ। किशोरी शिक्षा अभियन्ताका रुपमा क्रियाशील रहेका बेला उनी तालिबानी आक्रमणको शिकार बनेकी थिइन्।

किशोरी शिक्षाको अभियान चलाएको आरोपमा उनीमाथि आक्रमण गरिएको थियो। त्यतिखेर उनी १५ वर्षकी थिइन्। त्यसयता उनले विश्वमा शक्तिशाली मञ्चमार्फत शिक्षा र मानवअधिकारका पक्षमा वकालत गर्नुका साथै संयुक्त राष्ट्रसंघको शान्तिदूतका रुपमा काम गरिसकेकी छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *