काठमाडौं, ६ असार–पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३३१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा २८२ जना पुरुष र ४९ जना महिला रहेका छन्। यस्तै, पछिल्लो २४ घण्टामा १८ महिला र १५८ पुरुष कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *