गोविन ल्वागुन/झिलझिले, ६ असार–झापाको शिबसताक्षीमा आजबाट ३ दिने पत्रकारिता तलिम शुरु भएको छ। शिवसताक्षी नगरपालिकको आर्थिक सहयोग तथा सतासी साप्तहिक खबर पत्रीकाको आयोजनामा तालिम शुरु भएको हो ।
नगरका युवा जनशक्तिलाई पत्रकारिताको आधरभुत ज्ञान होस भन्ने उदेशियले आयोजित तालिममा नगरका नौ वटा वाडाका २५ जना प्रशिक्षार्थीहरुको सहभगिता रहेको छ ।
तालिमको पहिलो दिन आज झापाका अग्रज सञ्चारकर्मी दिपिन राईले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै, भोली आइतबार कञ्चनजंघा एफएमका समचार सम्पादक केशब भट्टराईले प्रशिक्षण दिने बताइएको छ ।
तालिम शिबसताक्षी ११ दुधेस्थित भुपु सैनिक भवनमा सन्चालन भैरहेको छ ।
