झिलझिले, २२ माघ–झापाको शिबसताक्षी-११ झिलझिलेका स्वर्गीय रमेश कुमार बिष्टका श्रीमती प्रबित्रा बिष्टलाई नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्त्तानी वापत रु ५ लाख ११ हजार २ सयको चेक हस्तान्त्रण गरेको छ । नौ बर्षअघि, मृतक बिष्टले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा रु २ लाखको जीवन बीमा गरेका थिए । उनको गत मंसिर २० गते निधन भएको थियो ।
सोमबार, मृतकको घर झिलझिलेमा एक कार्यक्रमको आयोजना गरेर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बिष्टका श्रीमतीलाई मृत्यु दाबी भुक्तानीको चेक हस्तान्त्रण गरेको छ । नेपालको अग्रणी बीमा कम्पनीका दमक शाखा प्रमुख सुमन कुमार राई, शिबसताक्षी-११ का वडा अध्यक्ष भैरब श्रेष्ठले बिष्टका श्रीमती सम्झाना ढकाल बिष्ट र आमा प्रवित्रा बिष्टलाई ५ लाख ११ हजार २ सयको चेक हस्तान्त्रण गरेका थिए । उक्त चेक एन आइसी एशिया बैकको हो ।
सो कार्यक्रममा अभिकर्ता संघ दमक शाखाका अध्यक्ष नारायण भण्डारी, कम्पनीका झिलझिले सम्पर्क कार्यालय प्रमुख युबराज दंगाल, प्राइम बैक झिलझिलेका कर्जा बिभाग प्रमुख सञ्जय दंगाल र मृतकका आमा प्रवित्रा र श्रीमती सम्झानाको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको सञ्चालन कम्पनीका सिनियर अभिकर्ता एबम् मृतक रमेश कुमार बिष्टको जीवन बीमा गराउनुहुने प्रदिप कोइरालाले गरेका थिए ।
