काठमाडौं, २२ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले शान्तिपूर्ण आमहड्तालमा सरकारी दमन हुनु कायरताको हर्कत भएको बताएका छन् ।

खनालले बिहीबारको आमहड्तालका क्रममा घाइते भएकाहरुको शीघ्र उपचार गराउन पनि सरकारसँग माग गरेका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमाथि नै ‘कू’ गरेको यो प्रतिगामी सरकारले जनकपुरमा शान्तिपूर्ण जुलसमाथि प्रहार गरी स्थायी कमिटी सदस्य कमरेड मातृका यादव र केन्द्रीय कमिटी सदस्य कमरेड रामचन्द्र झालगायतलाई बल प्रयोग गरी गम्भीर घाइते बनाएको छ ।

सरकारको यस दमनकारी, निरंकुश र कायर हर्कतको म घोर भर्त्सना गर्दछु । साथै, गम्भीर रूपमा घाइते हुनुभएका कमरेड मातृका यादव र कमरेड रामचन्द्र झालगायतका अन्य कमरेडहरूको यथासक्दो चाँडो उपचार गर्न सरकारसँग जोडदार माग गर्दछु,’’ खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले आमहड्ताल पूर्ण रूपमा सफल भएको बताउँदै ऐक्यबद्धता जनाउनेहरुप्रति आभार प्रकट गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *