जीवनसिंह राजवंशी झिलझिले, २३ माघ–झापाको शिवसताक्षी– ५ पाँचगाछी सालमारास्थित सूर्योदय आधारभुत बिद्यालयका १ सय ४ जनालाई झोला तथा शैक्षीक सामग्री हस्तान्तरण गरीएको छ ।

शैक्षिक सामग्रीको अभावमा पठन–पनठनमा समस्या हुँदै आएको भन्दै शुक्रबार पहिलो पाईला नेपाल दमक शाखाको आयोजनामा झोला तथा शैक्षीक सामग्री सहितको भाग्य बोक्ने झोला हस्तान्तरण गरीएको हो ।

अमेरीकामा बसोबास गर्दै आएका कासीनाथ अधिकारी र चन्द्रा अधिकारी दम्पतीले आफ्ना छोरा लप्शन अधिकारीको जन्मदिनको अवसरमा २५ हजार रुपैयाँ र विभिन्न दाताहरुको सहयोगमा दमक शाखाले ५० हजार बढी मुल्य बराबरको भाग्य बोक्ने झोला बिद्यार्थीहरुलाई प्रदान गरेको छ ।

यसअघि, संस्थाले विभिन्न स्थानका बिद्यालयहरुमा झोला तथा न्यानो कपडा बितरण गर्दै आएको र यसलाई निरन्तरता दिईने कार्यक्रमका संयोजक तथा पहिलो पाईला दमक शाखाका कोषाध्यक्ष दिवश खतविडाले बताए ।

सूर्योदय आधारभुत बिद्यालयका प्रधानाध्यापक जगतबीर लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर शिक्षक संघका अध्यक्ष बेनु कार्की, पहिलो पाईला दमकका सल्लाहकार छबी घिमिरे, कार्यवाहक अध्यक्ष निशा घिमिरे, सचिव मेघनाथ फुयाल, सह-सचिव राजु निरौला लगायतको सहभागीता रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *